बाल अधिकार सम्बन्धी महासन्धि
बाल अधिकार सम्बन्धी महासन्धि (Convention on the Rights of the Child) बालबालिकाका हक अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले सन् १९८९ मा पारित गरेको एक अन्तर्राष्ट्रिय सन्धि हो। यसले प्रत्येक बालकलाई जीवन, शिक्षा, स्वास्थ्य, संरक्षण, र भागीदारीका अधिकार प्रदान गर्न सबै सदस्य राष्ट्रहरूलाई कानुनी रूपमा बाध्यकारी बनाउँछ। नेपालले यस महासन्धिलाई सन् १९९० मा अनुमोदन गरेको हो।