सूची दर्ता तथा टेण्डरको लागि आह्वान
प्रथमपटक प्रकाशित मिति: २०८०-०१-१२
एसओएस बालग्राम नेपालका परियोजनाहरु एसओएस बालग्राम जोरपाटीको सानोठिमी अवस्विथित विस्तारित परिवार गृह तथा एसओएस बालग्राम काभ्रेको आमा अवकाश गृहको लागि फर्निचर, फर्निसिङ्ग, ईलेक्ट्रिक उपकरणहरु तथा भान्छाका सामाग्रीहरुको आवश्यकता परेको हुँदा सो सामानका स्विकृति प्राप्त निर्माताहरु, वितरकहरु तथा विक्रेताहरुमा आवश्यक कागजपत्रका साथमा तालिका अनुसारका सामानहरुको दरभाउ टेण्डर तथा सूची दर्ता गराउनको लागि आह्वान गरिएको छ ।
आवश्यक सामानहरुलाई निम्न प्रकारमा विभाजन गरि सामानको प्रकृति अनुसार दरभाउ तथा सूची दर्ता गर्न आह्वान गरिएको छ ।
समूह क. फर्निचर - सिलबन्दी गरिएको दरभाउ (तालिका बमोजिम)
समूह ख. फर्निसिङ्ग का सामाग्रीहरु - सूची दर्ता गरि दरभाउ मागिनेछ
समूह ग. ईलेक्ट्रिक सामाग्रीहरु - सूची दर्ता गरि दरभाउ मागिनेछ
समूह घ. भान्छाका सामाग्रीहरु - सूची दर्ता गरि दरभाउ मागिनेछ
ईजाजत प्राप्त संस्थाहरुले पहिलो पटक प्रकाशित मिति बाट १५ दिन भित्र टेण्डर तथा सूची दर्ताको लागि निम्न बमोजिम प्रमाणपत्रहरु का साथमा संस्थाको ढाँचामा दरभाउ पेश गर्नुपर्ने छ ।
आवश्यक कागजपत्रहरुः
- संस्थाको छोटो विवरण
- सम्बन्धित व्यक्तिको नाम, ठेगान ईमेल मोबाईल नम्बर
- संस्था दर्ता प्रमाणपत्र तथा नविकरण गरिएको प्रमाणपत्र प्रतिलिपि
- पान / भ्याट दर्ता तथा नविकरण आ.व २०७८/७९ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपि
- ढाँचामा भरिएको दरभाउ ( www.sosnepal.org.np/notice )
- सामान बनाउन तथा पुर्याउन लाग्ने समय
Please find Bill of Quantity by clicking here Bill of Quantity
बुझाउने प्रकृयाः
समूह क को लागि कागजपत्रहरु खाममा राखी सिलबन्दी गरी ‘फर्निचरको लागि दरभाउ’ लेखी एसओएस बालग्राम नेपालको केन्द्रिय कार्यालय सानोठिमीमा बुझाउने तथा अन्य समूहका लागि सोही प्रकृया अथवा ईमेल मार्फत आवश्यक कागजपत्रहरु बुझाउने ।
संस्थाको ठेगानाः
एसओएस बालग्राम नेपाल
राष्ट्रिय कार्यालय
सानोठिमी, भक्तपुर
फोनः ९७७-१-६६३०३९१
ईमेलः procurement@sosnepal.org.np
Website: https://www.sosnepal.org.np/notice
सबै वा आंशिक दरभाउ स्विकृत गर्ने वा रद्द गर्ने निर्णय एसओएस बालग्राममा निहित रहनेछ ।